भक्तपुर–१ (ख) मा नेमकिपाका गोसाइँ भारी मतान्तरले विजयी

भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (ख) मा नेपाल मजदूर किसान पार्टीका उम्मेदवार सुरेन्द्रराज गोसाइँ विजयी भएका छन् ।

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको सभाकक्षमा आज सम्पन्न मतगणनाको अन्तिमपरिणाम अनुसार उनी २९ हजार ७ सय ४ मत ल्याएर विजयी भएकामा निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेपाली कांग्रेसका पवन भुजुले ३ हजार १ सय ६१ मत प्राप्त गरे ।

मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाका अनुसार एमालेका नारायणसुन्दर सिन्तकलाले २ हजार चार सय २८, राप्रपाका रोशन नापितले १ हजार ९ सय ५ मत प्राप्त गरे । समानुपातिकतर्फको मतगणना भने जारी छ । 





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १२:९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया