२३ वर्षपछि म्याग्दीमा कांग्रेसको जित

नेपाली कांग्रेस म्याग्दीले २३ वर्षपछि पहिलोपटक जिल्लामा प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेको छ । यसअघि कांग्रेसले २०५६ सालमा जीत हासिल गरेको थियो । 

आसन्न निर्वाचनमा म्याग्दी कांग्रेसका सभापतिसमेत रहेका खमबहादुर गर्वुजा (खमवीर) तेस्रो पटकको प्रयासमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

वि.सं २०५६ मा नेपाली कांग्रेसको तर्फबाट नेपाली सेनाका सेवा निवृत्त म्याग्दीका कर्नेल नारायणसिं पुन विजयी भएका थिए । गर्वुजा यसअघि वि.सं २०७० को आमनिर्वाचनमा नेकपा (एमाले) का नवराज शर्मा र २०७४ सालको निर्वाचनमा एमालेकै भूपेन्द्रबहादुर थापासँग पराजित भएका थिए । 

त्यसैगरी विसं २०६४ मा समानुपातिकतर्फ नाम सिफारिस भए पनि सांसद हुन भने पाउएनने । तर, आइतबार सम्पन्न निर्वाचनमा लोकतान्त्रिक–वामगठबन्धनको तर्फदेखि उम्मेदवार बनेका गर्बुजाले तेस्रो प्रयासमा फराकिलो मतान्तरले विजय प्राप्त गरेका हुन् ।

गर्बुजाले २४ हजार २१ मत प्राप्त गरेका छन् । उनका तिद्धन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार एक सय ८९  मत प्राप्त गरे । जिल्लामा ८६ हजार १ सय २० मतदाता रहेकोमा ५० हजार छ सय २५ मत खसेको थियो । 





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १३:२५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया