हारे एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रतिनिधि सभा सदस्यमा पराजित भएका छन् । 

उनी चितवनको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालबाट पराजित भएका हुन् ।

ढकालले ३४ हजार १८९ मत ल्याउँदा पाण्डेले २६ हजार ६ सय ८ मत मात्र ल्याए । 

नेकपा एमालेबाट यो निर्वाचनमा पराजित पदाधिकारीमा उनीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत पनि छन् ।





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १९:२८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया