प्रभु साह बने सांसद

नेकपा एमालेबाट टिकट पाए पनि त्यसलाई छोड्दै स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह सांसद निर्वाचित भएका छन् ।

उनी रौतहट ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनले नेकपा एमालेले दिएको टिकट मनोनयन दर्ता गर्ने दिनमा लत्याउँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसपछि उनलाई नेकपा एमालेले कारवाही गरेको थियो ।

उनले त्यहाँ ३२ हजार ४ सय ६७ मत ल्याएका छन् । उनलाई पछ्याएका स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवालले २५ हजार २ सय मत ल्याएको थियो ।

साहलाई सत्ता गठबन्धनले आफ्ना उम्मेदवार फिर्ता लिएर समर्थन गरेको थियो । 

साह अब नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने सम्भावना रहेको छ ।
 





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १९:४१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया