नेकपा एकीकृत समाजवादीकाे अर्काे जित, धादिङबाट सांसद बने राजेन्द्र पाण्डे

धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्तागठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे विजयी भएका छन् ।

नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवम् बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका पाण्डेले एमाले-राप्रपाका साझा उम्मेदवार नेकपा एमालेका भुमि त्रिपाठीलाई ७ हजार ९ सय ८१ मत अन्तरले पराजित गरेका हुन् ।

प्रारम्भिक मत परिणाम अनुसार पाण्डेले ३५ हजार ९ सय ३४ मत प्राप्त गरेका छन् भने उहाँका निकटतम प्रतिद्धन्दी एमालेका त्रिपाठीले २७ हजार ९ सय ५३ मत पाएका छन्। यो क्षेत्रमा ८० हजार ६ सय १५ मत खसेको थियो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार ४ सय ७५ मत प्राप्त गरेका छन्। पाण्डे गठबन्धनमा रहेका नेकपा एकिकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार हुन् । त्रिपाठी एमाले र राप्रपाका साझा उम्मेदवार हुन् ।
 





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार २१:५७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया