धनुषा–२ को प्रतिनिधिसभा सदस्य पदमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित भएका छन् । उनी नेकपा (एमाले) का उमाशङ्कर अरगरियाभन्दा १ सय ५७ मत बढी ल्याएर निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार कांग्रेसका यादवले २० हजार १ सय १२ मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेका अरगरियाले १९ हजार ९ सय ५५ मत ल्याए ।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का पूर्वमन्त्री रामचन्द्र झाले १३ हजार ६ सय ५ मत प्राप्त गरे । जनता समाजवादी पार्टी (जसपा) नेपालका गङ्गाराम यादवले १२ हजार ९ सय एक मत पाएका छन् । जनमत पार्टीका जयनारायण साहले ९ हजार ९ सय ९२ मत प्राप्त गरे ।
नवनिर्वाचित यादव वि.सं २०६४ र २०७० को पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा साविकको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।