संखुवासभा (क) मा माओवादीका कार्की ३४ मतान्तरले विजयी

सङ्खुवासभाबाट प्रदेशसभा (क) मा नेकपा (माओवादी केन्द्र) का राजेन्द्र कार्की (नवीन) निर्वाचित भएका छन् । उनी १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित भएका सहायक निर्वाचन अधिकृत डा. इन्द्र सापकोटाले जानकारी दिए ।

कार्की ३४ मतान्तरले विजयी भए । त्यस्तै, नेकपा (एमाले)का भविश्वर गुरुङले १३ हजार ३ सय ९९ मत ल्याए । पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (क) मा ३१ हजार ५ सय ४ मत खसेको थियो । 

प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई क्षेत्र रहेका छन् । सङ्खुवासभाको प्रतिनिधिसभा र प्रदेशसभा (ख) को मतगणना जारी छ ।  





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार १०:३४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया