समानुपातिकमा एमालेले कटायो १० लाख मत, अन्य दलको कति?

प्रतिनिधि सभातर्फको समानुपातिक मतगणनाको पछिल्लो मतपरिणाममा नेकपा एमालेले १० लाख मत कटाएको छ । एमालेले अहिलेसम्म १० लाख १७ हजार ६५६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिकमा एमालेलाई नेपाली कांग्रेसले पछ्याइरहेकाे छ । कांग्रेसले ९ लाख ७० हजार ८७७ मत पाएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको छ । उसले ४ लाख ८४ हजार ८८६ मत पाएको छ । 

चाैथाे स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ४ लाख ४६ हजार ५९४ मत ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६० हजार १२० मत ल्याएको छ । 

जनता समाजवादी पार्टीले १ लाख २९ हजार १५७ मत ल्याउँदा जनमत पार्टीले ७७ हजार २५९ र नेकपा एकीकृत समाजवादी पार्टीले ७१ हजार ६६७ मत प्राप्त गरेको छ ।





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार १०:४२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया