कैलाली–५ मा एमालेका रानालाई हराउँदै कांग्रेसका पन्त निर्वाचित

कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका डिल्लीराज निर्वाचित भएका छन् ।

उनी निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारदमुनि रानालाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

विजयी भएका पन्तले २१ हजार ३९२ मत प्राप्त गरे । पराजित रानाले २० हजार ३१८ मत पाए । राना अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट आरजु राणा देउवालाई हराउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

त्यस्तै, कैलाली–५ को प्रदेशसभा (क) बाट नेकपा माओवादी केन्द्रका रमेश धामी निर्वाचित भए । उनी नेकपा एमालेका उम्मेदवार नेपालु चौधरीलाई हराउँदै प्रदेशसभामा निर्वाचित भएका हुन् । 

त्यस्तै, ५ को (ख) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भए । उनी ९ हजार ५९१ मतका साथ विजयी भएका हुन् । देउवाका प्रतिस्पर्धी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले ६ हजार ३५१ मत प्राप्त गरे । 

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीले ४ हजार ३५८, राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले ३ हजार ४२२ र कांग्रेसबाट बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले ३ हजार १८२ मत प्राप्त पाए ।





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार ११:१२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया