यी हुन् ५० भन्दा कम मतले निर्वाचित हुने उम्मेदवारहरू

कुनै-कुनै चुनावी प्रतिस्पर्धामा रोचक हुन्छन् । कडा प्रतिस्पर्धाकाबीच उम्मेदवारहरूको एउटा मतले हारजित भइदिन्छ । कहिलेकाहीँ अनुमान गर्न कठिन भइदिन्छ । प्रतिस्पर्धामा विजेताजस्ता देखिने कतिपय उम्मेदवारले चुनावमा पराजय बेहाेर्न सक्छन् ।

कहिले निर्वाचनअघि खासै चर्चामा नआएका र नामै नसुनिएका व्यक्तिसमेत चुनावमा अप्रत्याशित रूपमा विजयी हुन पुग्छन् । अहिले नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक भइरहेको छ ।

चुनावमा केही चर्चित नेताले पराजय भोगिरहेका छन् भने केही नयाँ अनुहारले संसदको यात्रा तय गरेका छन् । विभिन्न निर्वाचन क्षेत्रमा आइरहेको मत परिणाम रोचक छन् । 

काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचन क्षेत्र नं. १ (२) मा नेपाली कांग्रेसका तीर्थबहादुर लामा जम्मा तीन मतले विजयी भए । उनी १९ हजार २८० मतसहित निर्वाचित हुँदै गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्र बहादुर लामाले उनीभन्दा जम्मा तीन मत कम अर्थात् १९ हजार २७७ मत पाए ।

मत परिणाम रोचक भएर आइरहँदा अन्तिममा चन्द्रलाई हराउँदै तीर्थ निर्वाचित भए । पाँचथरमा पनि रोचक प्रतिस्पर्धामा भयो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका वसन्तकुमार नेम्वाङ थोरै मतले निर्वाचित भए । उनी जम्मा ३२ हजार ११० मत पाएर निर्वाचित भएका हुन् ।

उनलाई पछ्याएका नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेले ३२ हजार ६३ मत मात्र प्राप्त गरे । कडा  प्रतिस्पर्धाका बीच आङदेम्बे ४७ मतले पराजित भए भने नेम्वाङ विजयी भए । 



संखुवासभा निर्वाचन क्षेत्र नं. १ (१) मा नेकपा माओवादी केन्द्रका राजेन्द्र कार्की निर्वाचित भए । त्यहाँ नेकपा एमालेका भविश्वर गुरुङ पराजित भए । गुरुङभन्दा ३४ मत बढीले मात्रै कार्की निर्वाचित भएका हुन् ।

माओवादी केन्द्रका उम्मेदवार कार्कीले १३ हजार ४३३ मत पाएर निर्वाचित हुँदा एमालेका गुरुङले १३ हजार ३९९ मत मात्र पाएका हुन् ।  



  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार १२:१०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया