गुल्मी–१ मा प्रदीप ज्ञवालीलाई हराउँदै कांग्रेसका चन्द्र भण्डारी विजयी

गुल्मीको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी विजयी भएका छन् । नेकपा (एमाले) का प्रदीप ज्ञवालीलाई १ हजार ५ सय ९२ मतले पछि पार्दै उनी  विजयी भएका हुन् ।

यस क्षेत्रमा कूल ६९ हजार ६ सय ८३ मत खसेकामा कांग्रेसका भण्डारीले ३३ हजार ७ सय ४४ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार १ सय ५२ मत प्राप्त गरे ।

आज दिउँसो १ बजे सकिएको मतगणनापछि भण्डारीको विजयी घोषणा गरिएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । यहाँ कूल १ लाख १९ हजार २ सय ८८ मतदाता थिए । 

गुल्मीको सदरमुकाम तम्घाससँगै पूर्वी यो क्षेत्रमा कालीगण्डकी गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाका–७ देखि १४ सम्मका वडा पर्छन् । 

यो विजयसँगै कांग्रेसका भण्डारी दुईपटक सांसद बनेका छन् । उनले २०७० मा पनि यहीँ क्षेत्रमा विजयी हासिल गरेका थिए ।

२०६४ देखि सँगसँगै निर्वाचन लडेका ज्ञवाली र भण्डारीले दुई/दुईपटक चुनाव जिए । २०६४ र ७४ मा भने यस क्षेत्रबाट ज्ञवाली विजयी भएका थिए । 





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार १२:३६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया