काभ्रे–२ मा कांग्रेसका हुमागाईँलाई हराउँदै गोकुल बाँस्कोटा निर्वाचित

काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका गोकुल बाँस्कोटा निर्वाचित भएका छन् । उनी ४५ हजार ३४५ मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

बाँस्कोटाका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईँले  ३९ हजार ४८२ मतले ल्याए ।

बाँस्कोटाले हुमागाईँलाई ५ हजार ८६३ मतान्तरले हराए ।  

यस्तै, यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५ सय ८६ मत प्राप्त गरे । यहाँ १६ जना प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धामा उत्रिएका थिए । 

यस क्षेत्रमा १ लाख ३ हजार ३ सय ९१ ले मतदान गरेका थिए ।  अघिल्लो निर्वाचनमा पनि बाँस्कोटा यही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।

 





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार १२:४६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया