तेह्रथुमबाट एमालेका सुब्बालाई हराउँदै कांग्रेसकी गुरुङ निर्वाचित

तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसकी सीता गुरुङ विजयी भएकी छन् । नेकपा एमालेका विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पराजित गर्दै गुरुङ विजयी भएकी हुन् । 

गुरुङले १९ हजार ७०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सुब्बाले १८ हजार ६२३ मत पाएका छन् । गुरुङ गत २०७४ सालको निर्वाचनमा एमालेका भवानी खापुङसँग २ हजार २१ मतले पराजित भएकी थिइन् । 

सुब्बा २०४८ र २०५६ को निर्वाचनमा निर्वाचित भएका थिए । जिल्लाबाट तेस्रो पटक प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका सुब्बा यसपटक भने पराजित भए । 





  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार ६:५३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया