अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ

जिल्ला अदालत रुपन्देहीबाट चोरी मुद्दामा दोषी ठहर भएका व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । उनलाई २५ पुस ०५२ मा अदालतको फैसलाले २ वटा फरक फरक चोरी मुद्दामा दोषी ठहर गरेको थियो ।

२७ वर्षदेखि लुकिछिपी बसिरहेका पुजारी थारुलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो । देवनारायण थारु र तत्कालीन श्री ५ सरकारको जाहेरीले चोरी मुद्दामा कैद र जरिवाना ठहर भई हालसम्म फरार रहेका साविक दुधराक्ष–०८ हालको सैनामैना नगरपालिका–०८ वस्ने  वर्ष ४९ को पुजारी थारुलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो । 

पक्राउपछि फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएकोमा शुक्रबार नै कारागार चलान गरिएको छ ।





  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार १६:२५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया