समानुपातिकतर्फ एमालेले २१ लाख कटायो, कसको कति ?

नेकपा एमालेले प्रतिनिधिसभा सदस्यअन्तर्गत समानुपातिकतर्फ अग्रता कायम गरेको छ । हालसम्मको गणनामा एमालेले २१ लाख मत कटाएको छ । 

साँझ ६ः२५ बजेसम्मको मतपरिणाम अनुसार एमालेले २१ लाख ५ हजार ७४९ मत ल्याएको हो । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २० लाख २७ हजार ४१८ मत पाएको छ।

तेस्रो स्थानमा उक्लेको नेकपा माओवादी केन्द्रले ८ लाख ९५ हजार ८६४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ६२ हजार ८९२ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ६० हजार ३०२ मत पाउँदा जनता समाजवादी पार्टीले २ लाख ४९ हजार ६२४ मत पाएको छ । 

नेकपा एकीकृत समाजवादीले १ लाख ९५ हजार ३४४ मत पाएको छ ।





  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार १८:५०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया