निर्वाचन अधिकृतको सही नभएको मतपत्र भेटिएको भन्दै इलाम २ मा मतगणना स्थगित भएको छ । मत गणनका क्रममा ७० वटा मतपत्र हराएको र ४० वटामा निर्वाचन अधिकृतको सही नभएको भेटिएपछि गणना स्थगित भएको हो ।
अब इलाम २ मा १ हजार ९९२ मत गन्न बाँकी छ । मतगणनाका क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्र भेटिएपछि नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कातर्फका प्रतिनिधिले गणना स्थगित गराएका हुन् ।
पछिल्लो गणना अनुसार नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङले १३० मतले अग्रता लिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।