सन्चारमन्त्री कार्कीको क्षेत्रको मतगणना अनिश्चितकालका लागि रोकियो

सुनसरी क्षेत्र नम्बर ४ को मत गणना अनिश्चित कालका लागि स्थगित भएको छ ।

सर्वदलीय र सर्वपक्षीय छलफलमा विवाद भएकाले मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना अनिश्चितकालका लागि रोकेका जनाएको छ । उसले मत गणनाको कार्यमा सहज वातावरण नभएको बताएको छ ।

कांग्रेस उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि त्यहाँ विवाद सुरु भएको छ ।

शुक्रबार राति मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको आरोप कार्कीले लगाएका थिए ।

गणना रोकिनुअघि सार्वजनिक भएको परिणाम अनुसार यहाँ कार्की ९८ मतले अघि छन् । कार्कीले २३ हजार ४३९ र कुसियैतले २३ हजार ३४१ मत पाएका छन् ।





  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार २०:१२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया