सुनसरी–१ मा अघिअघि घण्टी, पछिपछि अशोक राई

सुनसरी–१ मा स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङको अग्रता कायम छ । दोस्रो स्थानमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक राई छन्।

तामाङले अहिलेसम्म ११ हजार ५३३ मत पाउँदा जसपाका राईले ११ हजार ३४१ मत पाएका छन्। जसपाका राईलाई यहाँ एमालेको समर्थन छ। 

धरान उपमहानगरको मत गणना सकिँदा राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङसँगको मतान्तर १९२ मा झारेका छन्।

माओवादी उम्मेदवार मुक्सामहाङ सुब्बा अहिलेसम्म ९०४७ मत प्राप्त गरेर तेस्रो स्थानमा छन्। उनी सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् ।





  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार २०:५६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया