भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा बन्यो पहिलो दल, कांग्रेस तेस्रो

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ । प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो ठूलो दल बनेको छ । 

त्यसैगरी नेकपा (एमाले) दोस्रो ठूलो दल बन्दा नेपाली कांग्रेस भने तेस्रो ठूलो दल बनेका छन् । प्रतिनिधिसभाका दुईवटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा नेमकिपाले १ नं. क्षेत्रबाट ३२ हजार ९०४ र क्षेत्र नं २ बाट सात हजार ८६३ मत प्राप्त गर्दै कुल ४० हजार ७६७ मतका साथ पहिलो दल बनेको हो । नेमकिपाले क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा १ (२)को सदस्यमा विजय हासिल गरेको थियो ।

यस्तै, प्रदेशसभामा एक सदस्य जितेको नेकपा (एमाले) ले समानुपातिकतर्फ २६ हजार ७० मत प्राप्त गरेको छ । एमालेले क्षेत्र नं. १ बाट आठ हजार १९४ र क्षेत्र नं. २ बाट १७ हजार ८७६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले बताए ।

त्यसैगरी नेपाली कांग्रेसले २३ हजार ७६९ र रास्वपाले २३ हजार ६ मत ल्याई क्रमशः तेस्रो र चौथो दल बनेका छन् । कांग्रेसले क्षेत्र नं. १ बाट आठ हजार ८७५ र क्षेत्र नं. २ बाट १४ हजार ८९४ मत प्राप्त गरेको बिसीले जानकारी दिए । रास्वपाले क्षेत्र नं. १ बाट ११ हजार ११० र क्षेत्र नं. २ बाट ११ हजार ८९६ मत प्राप्त गरेको छ ।  





  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार ६:३७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया