रामेछापबाट भारी मतान्तरका साथ कांग्रेसका कान्छाराम निर्वाचित

रामेछापमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका छन् । आइतबार बिहान सम्पन्न परिणामअनुसार उनी आफ्ना निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कैलास ढुङ्गेललाई १६ हजार ३६९ मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

विजयी तामाङले ४७ हजार ०९८ ल्याएका रामेछापका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पराजित ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरे । यस्तै, प्रदेशतर्फ क्षेत्र नम्बर १ मा माओवादीका तारानारायण क्षेष्ठ र क्षेत्र नम्बर २ मा युवराज चौलागाईं विजयी भएका छन् । 





  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार ७:३३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया