धनुषा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन् । अहिलेसम्म ५५ हजार मत गणना हुँदा यादवले २१ हजार २२४ मत पाएका छन् ।
उनलाई पछ्याइरहेका यादवले अहिलेसम्म २० हजार २०३ मत पाएका छन् । यादव र महासेठमा १ हजार २१ मतान्तर छ । मिथिला नगरपालिकाको १० वडा र बटेश्वर गाउँपालिकाको ३, ४ र ५ वडाको मत गणना गर्न बाँकी छ ।
मतगणना एक ठाउँमा मात्र भइरहेकाले भोलि बिहानसम्म मात्र अन्तिम परिणाम आउने बताइएको छ । निर्वाचन क्षेत्र नम्बर ४ मा ८० हजार मत खसेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।