भक्तपुरमा भ्यानसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एकजना घाइते

भक्तपुरमा गएराति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । 

घटना गएराति सवा ११ बजे मध्यपुर नगरपालिका–६ पुरानो थिमिमा भएको हो ।

दुर्घटनामा बाग्मती प्रदेश–०१०२३ च ४२५३ नम्बरको भ्यान र बा १० प ९५०८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक भक्तपुर नगरपालिका क्वाँछेका २८ वर्षका सिजन फसिकवाको ज्यान गएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा पौने १२ बजे मृत्यु भएको हो ।  दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने भक्तपुर नगरपालिका–७ का सुनिल ग्वाछा घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।  





  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार ९:५२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया