राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगलागी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ । 

प्रहरीका अनुसार शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको हो । 

घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् । आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ ।   

कार्यालयको ढोका चाबी यथावत् रहेको र भित्र केही सामान जलेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।   





  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार ११:६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया