महिलाको निजी सम्बन्धको भिडियो युट्युबमा राखेको आरोपमा पत्रकार पक्राउ

एक महिलाको व्यक्तिगत सम्बन्धको बारेमा सामग्री बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा उदयपुरबाट एक पत्रकार पक्राउ परेका छन् । युट्युबसहित विभिन्न सामाजिक सञ्जालमा सो भिडियो पोस्ट गरेपछि रेडियो नेपालका उदयपुर संवाददाता गजेन्द्र राई साइबर क्राइम मुद्दामा पक्राउ परेका हुन् । 

उनलाई पीडित महिलाको उजुरी तथा काठमाडौं जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीको आधारमा राईलाई शनिबार साँझ पक्राउ गरिएको उदयपुरका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

उनका अनुसार राईले गत साउनमा आफ्नो युट्युब च्यानलबाट एक महिलाको चरित्र हत्या गर्ने गरी सामग्री प्रसारण गरेका थिए । सामाजिक नैतिकताविरुद्धको कार्य गरेको भनी दिएको उजुरीको आधारमा पक्राउ गरी उनलाई साइबर ब्यूरो काठमाडौं पठाइएको प्रहरीले बताएको छ । 





  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार ११:५८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया