कमल थापा भन्छन् - चुनाव हारेर केही गुमाएको छैन
फाइल तस्बिर

राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव हारेर आफूले केही नगुमाएको बताएका छन् । यस हारलाई उनले केही नगुमाएको तर आफ्ना सपना भने गुमेको बताएका हुन् ।  जित्नकै लागि भन्दै नेकपा एमालेको सूर्य चुनाव चिन्हबाट मकवानपुर प्रतिनिधि सभा १ का लागि निर्वाचनमा होमिएका थापा तेस्रो भएका हुन् ।

सामाजिक सञ्जालमार्फत थापाले आफूले चुनाव हारेर केही नगुमाएको तर हिन्दु राष्ट्र, काठमाडौं जोड्ने सुरुङ मार्ग, नयाँ औद्योगिक क्षेत्र,चक्रपथ बनाउने, हेटौंडा हस्पिटलको स्तरोन्नति गर्ने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता लागेको बताएका छन् ।

उनले लेखेका छन्, ‘चुनाव हारेर मैले व्यक्तिगत रूपमा केही गुमाएको छैन। नेपाललाई सर्वधर्म समभाव सहितको हिन्दु राष्ट्र बनाउने सपना कमजोर भएकोमा दुःखी छु। मैले हेटौंडालाई राजधानी त बनाए। तर,काठमाडौं जोड्ने सुरुङ मार्ग,नयाँ औद्योगिक क्षेत्र,चक्रपथ बनाउने, हेटौंडा हस्पिटलको स्तरोन्नति गर्ने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता छ ।’ 





  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार १६:६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया