सवारी दुर्घटनामा परी कञ्चनपुरमा एकजनाको मृत्यु

कञ्चनपुरमा गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका५ वडा कार्यालय नजिक सडकमा गाडीले ठक्कर दिएपछि युवकको मृत्यु भएको हो । 

अहिलेसम्म नम्बर नखुलेको उक्त सवारी साधनको ठक्करबाट पैदलयात्री कैलालीको गोदावरी नगरपालिका ३ चौकीडाँडा बस्ने ३६ वर्षीय लवदेव भट्टको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिएपछि फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।





  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार १९:५२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया