यी हुन् चुनाव जितेका ४ बहालवाला मुख्यमन्त्री

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भइरहँदा ४ जना बहालवाला मुख्यमन्त्रीले चुनाव जितेका छन् । तीनजना मुख्यमन्त्रीले यसपटक टिकट नै पाएनन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । 

भोजपुर प्रदेश सभा (क)बाट उम्मेदवार रहेका मुख्यमन्त्री राई विजयी भएका हुन् । मुख्यमन्त्री राईले १६,११० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिबहादुर राई १२,२२३ ले ल्याए । 

मधेस प्रदेशका बहालवाला मुख्यमन्त्री लालबाबु राउत पनि प्रदेशसभा सदस्यमा विजयी भएका छन् । जनता समाजवादी पार्टी (जसपा)का नेता समेत रहेका मुख्यमन्त्री राउतले पर्सा निर्वाचन क्षेत्र १ (ख)बाट जित निकालेका हुन् ।

मुख्यमन्त्री राउतले ७,५४५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायणप्रसाद कुर्मीले ६,२१२ मत ल्याए ।

धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतिनिधिसभा सदस्य पदमा जित हासिल गरेका छन् । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष रहेका पाण्डेले ३५,९३४ मत ल्याउँदा नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले २७,९५३ मत ल्याएका छन् । 

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कांग्रेसका तर्फबाट हुम्ला (ख)मा जित हासिल गरेका छन् । नेकपा एमालेका छक्कबहादुर लामालाई हराउँदै मुख्यमन्त्री शाहीले चुनाव जितेका हुन् । मुख्यमन्त्री शाही ७,०५६ मतले विजयी हुँदा उनका निकटतम प्रतिष्पर्धी लामाले २,९७९ मत प्राप्त गरे ।



यस्तै, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी र र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले यसपटक टिकट नै पाएनन् ।



  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार २०:३३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया