उदयपुर १ मा मत गणना सुरु भएन

उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को मतगणता भइरहेको समयमा आइतबार बिहान प्रदेशसभाको मतपत्र प्रतिनिधि सभाको मतपेटिका भेटिएपछि विवाद हुँदा मत गणना स्थगित भएको गणना अझै सुचारु भएको छैन । 

प्रतिनिधि सभाको मतपेटिकामा प्रदेशसभाको मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो ।

आइतबार खोलिएका १० वटा प्रतिनिधि सभाको मतपेटिकामा १ सय हाराहारी मत पत्र प्रदेश सभामा भेटिएको थियो । गणना स्थगित गरेर सर्वदलीय बैठकमार्फत समाधान खोज्ने काम भइरहेको तर, निष्कर्ष ननिस्किएको बताइएको छ ।

अन्तिम चरणमा पुगेका बेला समस्या आएपछि गणना रोकेर छलफल भइरहेको जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले जानकारी दिए । त्रियुगा नगरपालिका ५ देउरी र श्रीपुर केन्द्रका १० मध्ये ७ वटा मत पेटीकामा ती मतपत्र भेटिएको आरोप छ । 
 





  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार २१:९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया