उदयपुरमा पुनः मतदान गर्न नौ दलको माग, मत गणना जारी राख्नुपर्नेमा गठबन्धनको जोड

उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को मतगणता भइरहेको समयमा आइतबार बिहान प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको मतपेटिका भेटिएपछि धाँधली भएको भन्दै नेकपा एमालेलगायत नौ दलले पुनः मतदान गर्न माग गरेका छन् । 

नेकपा एमालेलगायतका दलले पुनः मतदानको माग राखेका हुन् । प्रदेशको प्रत्यक्षतर्फको १ सय मतपत्र प्रतिनिधिसभातर्फको मत गणनामा फेला पारेपछि धाँधली भएको भन्दै एमाले लगायत नौ दलले पुनः मतदानको माग गरेका छन् । 

असन्तुष्ट पक्षलगायतको बैठक बसी नागरिकहरुको निष्पक्ष मतदान गर्ने अधिकार हनन भएको भन्दै पुनः मतदानको माग राखेको जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ तथा प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) र १ (२) मा खसेको मतभन्दा बढी मत भेटिएको भन्दै निर्वाचन अधिकृतको हस्ताक्षर र मतपत्रमा छाप लगाएको एक मुष्ठ १ सय मतपत्र मतगणना गर्दा फेला परेको उनीहरुले आरोप लगाएका छन् । 

एमाले नेता तथा प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका ईश्वरमणि राउतले मतदानको क्रममा जुन ठाउँमा धाँदली भएको हो त्यस ठाउँमा निष्पक्ष मतदान हुनुपर्ने माग गरेका छन् । 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र १(१) र १(२)को सबै प्रक्रिया रद्ध गरी पुनः मतदानको प्रक्रिया अगाडि बढाउनुपर्ने उनले माग राखेका छन् । यता, गठबन्धनले भने फेला परेको मतपत्र रद्ध गरी सोही स्थगित मत गणना जारी राख्नुपर्नेमा जोड दिएको छ ।



प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को मतगणता भइरहेको समयमा आइतबार बिहान प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा भेटिएपछि विवाद हुँदा मत गणना स्थगित भएको थियो । साता दिनदेखि जारी मतगगणना प्रतिनिधि सभाको मतपेटिकामा प्रदेशसभाको मतपत्र भेटिएपछि विवाद भएको हो । 

आइतबार खोलिएका १० वटा प्रतिनिधिसभाको मतपेटिकामा १ सय हाराहारी मत पत्र प्रदेशसभाको भेटिएको थियो । गणना स्थगित भएपछि पटक–पटक सर्वदलीय बैठकमार्फत समाधान खोज्ने प्रयास भए तापनि निष्कर्ष निस्किएको छैन ।



  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार २२:५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया