समानुपातिक मतगणना : स्वतन्त्र पार्टी पुनः तेस्रोमा उक्लियो, माओवादी चौथोमा झर्‍यो
फरकधार / ११ मंसिर, २०७९

प्रतिनिधिसभाको समानुपातिकतर्फ करिब ९१ लाख मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी पुनः तेस्रो स्थानमा उक्लेको छ। माओवादी केन्द्रलाई पछि पार्दै स्वतन्त्र पार्टी तेस्रो स्थानमा उक्लिएको हो। 



समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी मत पाएर पहिलो स्थानमा छ। आइतबार राति १० बजेसम्म एमालेले २४ लाख ७९ हजार ९०० मत पाएको छ। 

दोस्रोमा रहेको नेपाली कांग्रेसले २३ लाख ५७ हजार ८१७ मत पाएको छ। तेस्रोमा उक्लिएको स्वतन्त्र पार्टीको १० लाख ४९ हजार २८३ मत रहेको छ। 



चौथोमा झरेको माओवादी केन्द्रको १० लाख ३७ हजार ८४३ मत रहेको छ। माओवादी केन्द्रभन्दा स्वतन्त्र पार्टी ११ हजार ४४० मतले अघि लागेको हो। 



पाँचौँमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३७ हजार ८७६ मत पाएको छ। जनता समाजवादी पार्टी ३ लाख ९ हजार ५८९ मतसहित छैटौँ स्थानमा छ। 

जनमत पार्टी २ लाख ४३ हजार र नेकपा (एकीकृत समाजवादी) २ लाख ४२ हजार मतसहित क्रमशः सातौँ र आठौँ स्थानमा रहेका छन्। यी दुई पार्टी थ्रेसहोल्ड पुर्‍याउन संघर्षरत छन् । 

  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार २२:१२:५७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया