एमालेको नेतृत्व पङ्तिको असहयोगले हारे : हृदयेश त्रिपाठी

जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले आफू निर्वाचनमा पराजित भए पनि राजनीतिमा पराजित नभएको प्रतिक्रिया दिएका छन् । उनले सहयात्री दल नेकपा (एमाले) को नेतृत्व पङ्क्तिबाट निर्वाचनमा आफूलाई असहयोग भएको आरोप लगाए ।

त्रिपाठी एमालेको समर्थनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए । उनलाई नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले पराजित गरेका हुन् ।

नेता त्रिपाठीले आइतबार परासीमा पत्रकार सम्मेलन गर्दै निर्वाचनमा हारे पनि जनताको सेवा र प्राप्त उपलब्धिको रक्षा गर्न आफू सदैव सक्रिय रहने बताए ।





  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार ६:२८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया