सुनसरी–१ निर्वाचन क्षेत्र नम्बरबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोककुमार राई निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई हराउँदै राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार राईले १७ हजार ५९ र तामाङले १६ हजार ६०६ मत प्राप्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार राईले ७ हजार ७७४ मत ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।