नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले शासकीय प्रणालीमा सुधार नभएसम्म देश गठबन्धनको राजनीतिबाटै गुज्रने बताएका छन् । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आउनेक्रम जारी रहँदा उनले यस्तो बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भूराजनीतिको व्यवस्थापन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास, समतामूलक समृद्धिको बाटो, सुशासन निम्ति संस्थागत सुधारजस्ता विषयमा वृहत् सहमति गरेर कार्यान्वयनमा प्रतिस्पर्धा गर्नुपर्ने पनि बताएका छन् ।
‘शासकीय प्रणालीमा सुधार नभएसम्म देश गठबन्धनको राजनीतिबाटै गुज्रने स्पष्ट भएको स्थितिमा यी मूल विषयमा वृहत् सहमति गरेर कार्यान्वयनमा प्रतिस्पर्धा गर्ने किः १. भूराजनीतिको व्यवस्थापन २. संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास ३. समतामूलक समृद्धिको बाटो ४. सुशासननिम्ति संस्थागत सुधार,’ भट्टराईले ट्विटरमा लेखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।