माओवादी केन्द्रका ललितपुर जिल्लाका संयोजक र सचिवले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा र प्रदेशमा ललितपुरबाट आफ्नो पार्टीका उम्मेदवार पराजित भएपछि जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव लोकबहादुर पुलामीले पलबाट राजीनामा दिएका हुन् ।
ललितपुर ३ बाट प्रतिनिधि सभामा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल पराजित सँगै ललितपुर २ प्रदेशसभा (१) मा हरि दाहाल ३ (१) मा राजकाजी महर्जन चुनावमा पराजित भए पछि उनीहरूले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका हुन् । उनीहरूले पार्टीका बागमती प्रदेश कार्यालयमा राजीनामा बुझाएको बुझिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।