प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ । समानुपातिकको मतगणना कार्य पनि अन्तिम चरणमा पुगेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ कांग्रेस पहिलो दल बनेको छ । त्यस्तै, नेकपा एमाले दोस्रो दलमा झरेको छ ।
समानुपातिकतर्फ भने एमाले पहिलो दल नै बन्ने देखिन्छ । समानुपातिकतर्फ यसपटक पनि कांग्रेस दोस्रो पार्टी बन्नेछ । सोमबार मध्यान्हसम्म ९३ लाख २१ हजार ५५३ मतगणना भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
पछिल्लो अपडेटअनुसार एमालेले २५ लाख३८ हजार ३४१, कांग्रेसले २४ लाख २ हजार ९८८ मत ल्याएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ ।
ऊ राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको हो । माओवादीले समानुपातिकतर्फ अहिलेसम्म १० लाख ६६ हजार ६४१ मत पाएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६४ हजार २५२ मत ल्याएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४५ हजार ९३३, जनता समाजवादी पार्टी, नेपाल ३ लाख २७ हजार ९१०, जनमत पार्टी २ लाख६४ हजार ४२, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २ लाख ५२ हजार ६९८ मत ल्याएका छन् ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टी २ लाख ३७ हजार ९६५ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख २७ हजार ९५२ मत प्राप्त गरेका छन् ।
समानुपातिकतर्फ २ लाख मत कटाउने सात दल, हेर्नुस् सूची :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।