‘मद्रासी हिरो’ मा हेरुका र अनिताको अभिनय, बबाल बन्यो भिडियो

हेरुका लामाद्वारा निर्देशित ‘मद्रासी हिरो’ सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी हेरुका लामाको अफिसियल युटुब च्यानल हेरुका लामाबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

कर्माध्वज लामा र जीतु लोप्चनको आवाजमा सजिएको गीतलाई सुशिल तामाङले लेखेका तथा संगीत गरेका हुन । गीतको भिडियोमा निकै चर्चित नृत्य निर्देशक हेरुका लामा,अनिता गोले र अजयकुमार रन्जितकारको अभिनय देख्न सकिन्छ । 

साथमा थुप्रै कलाकारहरुको नृत्य समावेश गरिए ‘मद्रासी हिरो’ मा फाइट सिनहरु समेत समावेश गरिएको छ । उक्त भिडियो एक्सन प्रधान भिडियोका रुपमा देखाइएको छ ।

गीतको भिडियो निकै आकर्षक रुपमा निर्माण गरिएको छ । भिडियोमा प्रेमध्वज लामा र भारती तामाङले निर्माण गरेका हुन । भिडियोलाई आकर्षक रुपमा छयाँकन तथा सम्पादन बज्र ङेसुरले आफनो कला देखाएका छन् ।





  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार १८:२७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया