नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखलाई भेटेर प्रधानमन्त्रीले दिए धन्यवाद

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखलाई  धन्यवाद दिएका छन् । प्रधानमन्त्री देउवाले सोमबार उनीहरुलाई बालुवाटार बोलाएर धन्यवाद दिएका हुन् । 

नेपाल प्रहरी प्रमुख धिरजप्रताप सिंह र सशस्त्र प्रहरी प्रमुख राजु अर्याललाई प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको भन्दै बालुवाटार बोलाएर देउवाले धन्यवाद दिएका हुन् ।

त्यसक्रममा दुवै सुरक्षा निकायका प्रमुखले निर्वाचनका बेला देशभर भएका घटनाबारे ब्रिफिङ पनि गरेका थिए ।

आइजिपी सिंहले चुनावका दिन १४ जिल्लामा २२२ राउण्ड गोली चलेको र ४८ राउण्ड अश्रूग्याँस प्रहार गरिएको ब्रिफिङ गरेका थिए । 

चुनावका दिन बाजुरामा एकजनाको मृत्यु भएको विषयमा प्रधानमन्त्री देउवाले जिज्ञासा राखेका थिए । जवाफमा आइजिपी सिंहले घटनामा २२ जनाविरुद्ध किटानी जाहेरी परेको र दुईजना पक्राउ परिसकेको बताएका थिए ।

प्रधानमन्त्री देउवाले उच्च व्यवसायिकताका साथ निर्वाचन सम्पन्न गराएको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारी, सम्पूर्ण प्रहरी अधिकृत र जवानलाई पनि महानिरीक्षकमार्फत बधाई दिएको स्रोतले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार २१:२०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया