सप्तरीमा आफ्नै श्रीमती हत्या गर्ने पक्राउ

सप्तरीमा एक महिलाको आफ्नै श्रीमानले हत्या गरेका छन् । ‘सभ्य समाजको पहिचान, लैंगिक हिंसाविरुद्धको अभियान’ नाराका साथ कार्यक्रम भइरहेको बेला सप्तरीको राजविराज नगरपालिमा–१ चनौरा पडरियामा ४० वर्षीया गीता रजकको हत्या भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

हत्या आरोपमा रजकका श्रीमान् ५२ वर्षीय भैयालाल भनिने हिरालाल रजकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बताए । 

प्रहरीका अनुसार राजविराज नगरपालिका–१ स्थित प्रांगारिक मल बनाउने निर्माणाधीन खुल्ला भवनको प्यासेजभित्र मृतकको टाउको तथा निधार समेतमा धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारेको अवस्थामा शव फेला परेको हो ।

रजक दम्पती राजविराज नगरपालिका–१ रामपुर टोल घर भई सोही वडाको पडरिया टोलस्थित दीपेन्द्र यादवको घरमा डेरा गरी बसेका थिए । 

मृतकका बुबा गजानन्द रजकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा दिएको किटानी उजुरीका आधारमा आरोपित हिरालाललाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार २२:१५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया