आइपिओ जारी गर्दै सुपार मादी हाइड्रोपावर

सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । 

कम्पनीले यही २० मंसिरदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ लाख ६० हजार कित्ता सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) स्थानीयवासीका लागि बिक्री खुला गर्ने भएको हो ।

आयोजना प्रभावित कास्कीको मादी गाउँपालिका १ र २ का स्थानीयवासीका लागि ३ लाख १५ हजार कित्ता तथा सोही गाउँपालिकाका–३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका–२६, २७ र २८ वडाका स्थानीय बासिन्दाका लागि ७ लाख ३५ हजार कित्ता सेयर निष्कासन हुने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ । 

त्यस्तै, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीलाई भने कम्पनीले दुई लाख १० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले आगामी पुस ५ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे पुस २० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीको भनाइ छ ।

कम्पनीले कास्कीको मादी गाउँपालिकाको सिमाना भएर बग्ने मादी नदीको बहाव सदुपयोग गरी ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।





  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार १३:१२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया