सुदूरपश्चिममा पाँचजना जनप्रतिनिधि मात्रै दोहोरिए

सुदूरपश्चिम प्रदेश सभाका निवर्तमान पाँचजना प्रदेश सभा सदस्य मात्रै दोहोरिएका छन् । २०७४ सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित भएका पाँचजना मात्र फेरि विजयी भएका हुन् । दुई प्रतिनिधि सभामा र तीनजना प्रदेश सभामा विजयी भएका छन् । 

कैलाली क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त र कञ्चनपुर क्षेत्र नं. १ बाट नेकपा (एमाले) का तारा लामा तामाङ प्रतिनिधि सभामा विजयी भएका छन् । उनीहरू २०७४ मा क्रमशः कञ्चनपुर क्षेत्र नं. १ ‘क’ र कैलाली क्षेत्र नं. ५ ‘ख’ बाट विजयी भएका थिए । तामाङ प्रदेश सभामा नेकपा र नेकपा (एमाले) को प्रमुख सचेतक एवं आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए । 

प्रदेश सभामा फेरि विजयी हुनेमा नेकपा (एकीकृत समाजवादी) का नेताहरू क्रमशः बहालवाला भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी कैलाली क्षेत्र नं. ४ ‘क’ र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर रावल कञ्चनपुर क्षेत्र नं. ३ ‘क’ रहेका छन् । यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री  तथा नेकपा (माओवादी केन्द्र) का नेता मानबहादुर धामी दार्चुला ‘ख’ बाटै फेरि विजयी भएका छन् । 

५३ सदस्यीय प्रदेश सभाका १५ जना प्रदेश सभा सदस्य चुनावमा फेरि उठेका थिए । १५ मध्ये तीन जना प्रतिनिधि सभाका उम्मेदवार भएका थिए । कैलाली क्षेत्र नं. ५ बाट कांग्रेसका डिल्लीराज पन्त र कञ्चनपुर क्षेत्र नं. १ बाट तारा लामा तामाङ प्रतिनिधि सभा सदस्यमा विजयी भए पनि अछाम क्षेत्र नं. १ बाट नेकपा (एमाले) कै झपटबहादुर बोहरा पराजित भए । 

यस्तै कैलाली ‘ख’ बाट बहालवाला आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल र डडेल्धुरा ‘ख’ बाट सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा पराजित भए । नेपाली काँग्रेसका उम्मेदवार थिए । 

पराजित हुने प्रदेश सभा सदस्यमा डडेल्धुरा ‘क’ बाट पठानसिंह बोहरा र बैतडी ‘क’ बाट लीलाधर भट्ट रहेका छन् । बोहरा नेकपा (एमाले) का उम्मेदवार थिए । 
नेकपा (एकीकृत समाजवादी) का नेताहरू क्रमशः कैलाली क्षेत्र नंं. ३ ‘ख’ बाट



अमरबहादुर साउद र कञ्चनपुर क्षेत्र नंं. २ ‘ख’ बाट लालबहादुर खड्का पराजित भए । साउद गठबन्धनकै उम्मेदवार थिए भने खड्का एक्लै चुनाव लडेका थिए । कैलाली क्षेत्र नंं. १ ‘क’ बाट  रतन, ‘ख’ बाट नेकपा (माओवादी केन्द्र) का नेता  नन्दबहादुर साउद पराजित भए । सोही क्षेत्रबाट २०७४ मा विजयी भएका थिए । 

यस्तै कैलाली क्षेत्र नंं. १ ‘क’ बाट कृष्णबहादुर चौधरी र कैलाली क्षेत्र नं. २ ‘क’ बाट रतन थापा पराजित भएका छन् । चौधरी लोकतान्त्रिक समाजवादी  पार्टी र थापा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका थिए । पराजित हुने डडेल्धुराका पठानसिंह बोहरा, कञ्चनपुरका लालबहादुर खड्का प्रदेश सरकारका पूर्वमन्त्री र कैलालीका अमरबहादुर साउद पूर्व राज्यमन्त्री थिए । 



बाजुरा ‘क’ मा प्रदेश सभा सदस्य बलदेव रेग्मी नेकपा (एमाले) को उम्मेदवार बनेका छन् । बाजुरामा मतगणना अनिश्चित छ ।

  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार १४:४६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया