गठबन्धनको भावनाअनुसार नै अघि बढ्ने एकीकृत समाजवादीको निष्कर्ष

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सम्पन्न भएको छ। बैठकले पाँचदलीय गठबन्धनकाे निरन्तरतामा जाेड दिएकाे छ । 

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बैठकमा आमनिर्वाचनमा पाएको मत परिणामको आकलन गरिएको जानकारी दिए। स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्न बाँकी रहेकाले निर्वाचनको पूरै समीक्षा भने नभएकाे उनले बताए । 

निर्वाचनमा पार्टीले प्राप्त गरेकाे मत परिणाम सोचेजस्तो नभए पनि सत्ता गठबन्धनका कारण प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्ने उनले बताए । गठबन्धनको भावनाअनुसार नै अघि बढ्ने निष्कर्ष निकालिएको उनकाे भनाइ छ । 

बैठकले आमनिर्वाचनका क्रममा सहयोग गर्ने, मतदाता, सुरक्षाकर्मी, कर्मचारी, शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापनसमेत गरेको खतिवडाले बताए । 





  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार १५:२९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया