वाम गठबन्धनको सरकार बन्ने कुनै सम्भावना छैन : माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने बताएका छन् । 

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले वाम गठबन्धनको सरकार बन्ने कुनै सम्भावना नरहेको बताए । 

गठबन्धन दलहरुसँगको सहकार्यलाई अगाडि बढाएर लानुपर्ने भन्दै उनले गठबन्धनको सरकार बन्ने, नबन्ने कुरा भने सम्पूर्ण चुनावी परिणाम आएपछि प्रष्ट हुने बताए। 

उनले राष्ट्रिय राजनीति दक्षिणपन्थी दिशातर्फ त जाँदैन भन्ने कुरालाई गम्भीरताका साथ लिनुपर्ने र सतर्क हुनुपर्ने आवश्यकता महसुस गरेकाे बताए । 





  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार १६:३२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया