एकीकृत समाजवादीलाई थ्रेसहाेल्ड कटाउन ०.१७ प्रतिशत मत अपुग

प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा हालसम्म ७ दलले ३ प्रतिशत मत पाएर थ्रेसहोल्ड कटाएका छन् । मतगणना अन्तिम चरणमा पुग्दा नेकपा एकीकृत समाजवादीले भने थ्रेसहोल्ड कटाउन सकेकाे छैन ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म सत्तारुढ एकीकृत समाजवादीले भने २ लाख ७७ हजार ८६८ मत पाएको छ । यो कुल सदर मतको २.८३ मत हो ।

निर्वाचन प्रक्रिया रोकिएका स्याङजा–२, बाजुरा र दोलखा बाहेक तीन जिल्लाको मतगणना सुरु नै भएको छैन । उदयपुर–१, सुनसरीको ३ र ४ को मात्रै समानुपातिकतर्फ मतगणना चलिरहेको छ भने बाँकी जिल्लाको मतगणना टुंगिएको छ ।

गणना भइरहेका जिल्लाको पनि ७ देखि साढे ८ हजार मत गन्न बाँकी भएकाले कुल २५ हजारजति मत मात्रै गन्न बाँकी छ । हलसम्म गणना भएको मध्ये ९८ लाख ३० हजार ८८३ सदर छ ।

एकीकृत समाजवादीले मत अनुपात बढाए पनि थ्रेसहोल्ड ३ प्रतिशत कटाउन सकेको छैन । पछिल्लो मतपरिणाम अनुसार उसलाई अहिलेको अवस्थामा थ्रेसहोल्ड कटाउन १६ हजार ७७८ मत पुग्दैन ।

मतगणना नै सुरु नभएका जिल्लामध्ये दोलखामा १ लाख ६१ हजार, बाजुरामा ८२ हजार ५६७ र स्याङजा–२ मा १ लाख १६ हजार कुल मतदाता छन् । अब गणना हुने समानुपातिक मतमा एकीकृत समाजवादीले करिब २५ हजार पाएमा थ्रेसहोल्ड कटाउन सक्ने देखिन्छ ।



थ्रेसहोल्ड कटाउनासाथ समानुपातिकतर्फ कम्तीमा ४ सिट पाउँछ र राष्ट्रिय दल बन्छ । तर, थ्रेस होल्ड कटाउन सकेन भने एकीकृत समाजवादीले पाएको पुगनपुग ३ लाख मत खेर जान्छ र त्याे मतपरिणामका सिट थ्रेसहाेल्ड कटाएका दलले पाउँछन् । 



  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार १७:५९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया