अमेरिकी संसदमा सहमति जुटेन, फेरि कामबन्दी हुने सम्भावना

एजेन्सी– सीमा सुरक्षाबारे भएको छलफल कुनै निष्कर्षमा नपुग्दा फेरि एक पटक अमेरिकामा कामबन्दी (सटडाउन) हुनसक्ने सम्भावना बढेको छ । यसअघि पनि इतिहासकै लामो कामबन्दीको मारमा अमेरिका परिसकेको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको सीमा सुरक्षा सम्बन्धी यो विधेयकमा सोमबारसम्म एउटा सहमतिमा पुग्न सक्ने अनुमान गरिएको थियो । तर, अझै पनि संसदमा मेक्सिकोसँगको सीमामा बनाउने पर्खाल र त्यहाँका आप्रवासीबारे के गर्ने भन्ने अहिलेसम्म सहमति हुन सकेको छैन ।

यसअघिको नाकाबन्दी ३५ दिन लामो थियो । यो अमेरिकी इतिहासमै सबैभन्दा लामो नाकाबन्दी थियो । 

तर, अब कसरी सहमतिमा पुग्ने भन्नेबारे कुनै क्लू नभएको अमेरिकी मिडियाहरुले लेखेका छन् । 

२५ जनवरीमा राष्ट्रपति ट्रम्पले तीन साताका लागि नाकाबन्दी रोक्दै संसदमा सहमति जुट्ने वातावरण बन्नेमा उनी विश्वस्त थिए । 
 





  • प्रकाशित मिति : माघ २८, २०७५ साेमबार १७:४२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया