सुनसरी–४ मा ज्ञानेन्द्र कार्कीलाई ३९९ मतको अग्रता, पछ्याउँदै एमालेका कुसियैत

तीन दिनदेखि स्थगित मतगणना मंगलबारबाट सुचारु भएपछि सुनसरी–४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । 

हालसम्म भएको २८ वडाको मतगणना हुँदा उनले ३९९ मतले अग्रता कायम गरेका हुन् । कार्कीले अहिलेसम्म २६ हजार ७६० मत पाएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले २६ हजार ३६१ मतसहित पछ्याइरहेका छन् । 

मतगणनामा कर्मचारीले त्रुटी गरेको भन्दै आइतबार मन्त्री कार्कीले निर्वाचन अधिकृतको कार्यालयको निवेदनमा पुनः मतगणनाको माग गरेका थिए ।

त्यसपछि निवेदन निर्वाचन आयोगलाई पठाएकोमा त्यसमा कारबाही गर्दै मतगणना प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए । 





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार १३:५३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया