बुधबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ। नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ।
सेयर बजार केही दिनदेखि १९ सय बिन्दुकै वरिपरि घुमिरहेको छ। हाल बजारमा उत्साह नदेखिँदा कारोबार रकम पनि सुस्त भइरहेको छ। बजार तल जान पनि सकिरहेको छैन भने धेरै माथि पनि जान सकेको छैन।
बुधबार नेप्से परिसूचक ३.५१ अंकले घटेको छ। आज नेप्से ३.५१ प्रतिशतले घटेर १९४९.८५ बिन्दुमा पुगेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन अर्थात् मंगलबार ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपैयाँमा सीमित भएको छ।
यस दिन २३८ वटा धितोपत्रको २३ लाख ५५ हजार ८४५ कित्ता सेयर किनबेच भएको छ।
बुधबार ग्रीन लाइफ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ।
कम्पनीको सेयर मूल्य ४.१७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २५० रुपैयाँमा बन्द भएको छ।
त्यस्तै, खप्तड लघुवित्तको सेयर मूल्य ४ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३६९ रुपैयाँ कायम भएको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा लक्ष्मी इक्विटी फण्ड रहेको छ। उक्त योजनाको इकाइ मूल्य ५.७६ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ३६ पैसामा झरेको छ।
त्यस्तै, वीन नेपाल लघुवित्तको सेयर मूल्य ४.४० प्रतिशतले घटेर प्रति सेयर मूल्य ९२७ रुपैयाँ ३० पैसामा बन्द भएको छ।
बुधबार सर्वाधिक सेयर खरिद–बिक्री हिमालयन डिष्टिलरीको भएको छ।
यस दिन कम्पनीको तीन हजार ९७८ रुपैयाँमा ४ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.२० प्रतिशतले बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेकोे छ। उक्त कम्पनीको ८८२ रुपैयाँमा ४ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लघुवित्त र व्यापार समूहको परिसूचक ०.०१ र ०.८८ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशतले घटेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।