त्रिविमा ३ दिने ‘भू–विज्ञान प्रदर्शनी’, पहिलो दिन १३ सयले गरे अवलोकन

काठमाडौं– त्रिवि भूगर्भशास्त्र केन्द्रीय विभाग तथा नेपाल भौगर्भिक समाजको सहयोगमा नेपाल भौगर्भिक विद्यार्थी समाजले तेस्रो भू–विज्ञान प्रदर्शनी सुरु गरेको छ ।

आज एक कार्यक्रमबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले प्रदर्शनीको उद्घाटन गरे । कीर्तिपुरस्थित भूगर्भशास्त्र केन्द्रीय विभाग परिसरमा आज सुरु भएको प्रदर्शनी तीन दिन चल्नेछ । 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले देश विकासमा भूगर्भविद्हरुको आवश्यकतालाई मध्यनजर गर्दै स्थानीय निकायसम्म भूगर्वविद्को भूमिका सुनिस्चित गर्ने बताए । खासगरी पूनर्निर्माणमा भूवर्भविद्को भूमिका उच्च रहने भन्दै उनले राज्यले उनीहरुकाे उच्च मूल्या‌ंकन गर्ने प्रतिबद्धता जनाए । भू–विज्ञानको अध्ययनलाई रचनात्मक रुपले अगाडि बढाउनुपर्नेमा उनकाे जोड रह्याे । 

त्रिवि केन्द्रीय भूगर्भशास्त्र विभाग प्रमुख लालुप्रसाद पौडेलको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा उपकुलपति तीर्थराज खनियाँ, विभिन्न संकायका डिन, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीका साथै खानी तथा भूगर्भ विभाग, एनसेट र राष्ट्रपति चुरे संरक्षण समितिका प्रतिनिधि उपस्थित थिए । 

प्रदर्शनीमा पृथ्वीको बनोट, स्थिति, यसमा पाइने खनिज पदार्थ, भू–प्रकोपका कारण र रोकथामका उपाय, भौतिक विज्ञानका विभिन्न आयामहरु, हाइड्रोपावर लगायत विषयसँग सम्बन्धित स्टल राखिएका छन् । अवलोकनका लागि २५ वटा स्टल, २ वटा अडियो–भिजुअल कक्षा, फोसिल म्युजियम, रक गार्डेन तथा माइक्रोस्कोपबाट चट्टान एवं खनिज अवलोकन गर्ने कक्ष छन् ।

‘भू–विज्ञानको ज्ञान, व्यावहारिकता तथा आवश्यकतालाई मध्यनजर गर्दै’ विशेष गरी माध्यमिक तहका विद्यार्थीकेन्द्रित प्रदर्शनी अवलोकनका लागि विद्यार्थीलाई ५० र अन्यलाई १०० रुपैयाँ टिकट शुल्क लाग्ने नेपाल भौगर्भिक विद्यार्थी समाजका सचिव कुलमणि पराजुलीले जनाए । 



पहिलो दिन भन्डै १३०० ले प्रदर्शनी अवलोकन गरेका छन् ।



  • प्रकाशित मिति : माघ २८, २०७५ साेमबार १८:२७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया