भक्तपुरका १६ उम्मेदवारले एक सय मत कटाउन सकेनन्

भक्तपुरमा १५ जना उम्मेदवारले एक सयसम्म पनि कटाउन सकेनन् । भक्तपुर क्षेत्र-२ का १३ जना र भक्तपुर १ का तीनजना उम्मेदवारले १०० मत कटाउन नसकेका हुन् । 

भक्तपुर- १ मा भन्दा भक्तपुर-२ मा दोब्बर उम्मेदवार निर्वाचनमा होमिएका थिए । १ नम्बर क्षेत्रमा नेपाल मजदुर किसान पार्टीको जित निश्चितजस्तै मानिएकाले कम मात्रै उम्मेदवार मैदानमा उत्रेका थिए ।  

भक्तपुर-१ बाट नेमकिपाका प्रेम सुवाल र भक्तपुर २ बाट नेपाली कांग्रेसका दुर्लभ थापा विजयी भएका छन् । 
 
भक्तपुर-२ का २६ जना उम्मेदवारमध्ये १३ जनाकाे मत १०० भन्दा कम छ । दुई स्वतन्त्र उम्मेदवारले जम्मा तीन/तीन मत मात्रै ल्याएका छन् । चुनाव चिह्न टायर र बकुल्लो भएका उम्मेदवारको मत तीन मात्र छ । 

यो निर्वाचन क्षेत्रमा चुनाव चिह्न पुतलीको चार, पानीको जारको ६ र त्रिभुजको ९ मत आएको छ । नरिवल चुनाव चिह्नमा ३५, माछामा ७५ र हेलमेटमा ७८ मत आएको छ । 

हेलमेट र टी-टेबल चिह्नले १६/१६ मत ल्याएका छन् । खुकुरीको मत १८ छ । त्यस्तै नेपलिज पिपल्स पार्टीको २४, राष्टिय जनमुक्ति पार्टीको ३०, आमुल परिवर्तन मसिहा पार्टी नेपालको ५७, चुनाव चिह्न डोजरको ८२ मत छ । 

भक्तपुर-१ मा तीन स्वतन्त्रसहित १४ दल प्रतिस्पर्धी थिए । त्यसमा तीनजना स्वतन्त्रले १०० भन्दा कम मत ल्याएका छन् । 




 



  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार १८:१९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया