समानुपातिकमा कुन दलले कति मत पाए ?

प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा बुधबार साँझसम्मको तथ्यांकअनुसार नेकपा एमालेको अग्रता कायम छ ।

हालसम्मको १ करोड १ लाख ७१ हजार २७३ सदर मतमध्ये एमालेले २७ लाख २० हजार ६३९ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले २५ लाख ८५ हजार ९०, नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार ४४३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार २४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार २७५, जनता समाजवादी पार्टीले ४ लाख ८ हजार ९६४, जनमत पार्टीले ३ लाख ७६ हजार १९९, नेकपा एकीकृत समाजवादीले २ लाख ९० हजार १९६ र नागरिक उन्मुक्ति पार्टीले २ लाख ६८ हजार ४३६ मत प्राप्त गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार २०:४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया