डोटीमा हेलिकोप्टरबाट सुत्केरीको उद्धार

डोटीमा हेलिकोप्टरबाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ । 

उच्च रक्तश्राव भएपछि जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर ५ लाना केदारेस्वरकी २७ वर्षीया अमृतादेवी बोहराको हेलिकोप्टरबाट उद्धार गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् ।

सामुदायिक स्वास्थ्य एकाइ लाना रन्तोलामा उच्च रक्तश्राव भएपछि उनलाई विभिन्न निकायको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । 

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरी महिलालाई आवश्यक परेमा हेलिकोप्टरबाट उद्धार गर्ने गरिएको छ ।





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार २१:४८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया